चीनले दिएको कोरोनाविरुद्धको खोप बुधबारदेखि लगाइने

चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बुधबारदेखि लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चीन सरकारबाट प्राप्त खोप चैत २५ गते बुधबारबाट काठमाडौंका तोकिएका अस्पतालमा दिने प्रबन्ध मिलाइएको जानकारी दिएका हुन् ।

चीन सरकारले चैत १६ गते नेपाललाई ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ अनुदानमा उपलब्ध गराएको थियो । यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथै हिमालय सीमापार व्यापार गर्नेहरु र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चीनले माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि फागुन १७ मा थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार