महासंघका अध्यक्ष गोल्छा र परिसंघका अध्यक्ष अग्रवालसहित ३० जना व्यवसायी विभुषित, कस्ले पाए पदक ?

संविधान दिवसका अवसरमा ३० जना उद्योगी व्यवसायीहरु विभिन्न मानपद्वी, अलंकार र पदकद्धारा विभुषित भएका छन् ।

विभुषित हुनेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल रहेका छन् ।

गोल्छा र अग्रवाल सुप्रवल जनसेवाश्री पदवीबाट विभुषित भएको गृह मन्त्रालयले जनाएको छ । पदकद्धारा विभुषित हुनेमा उद्योगी राजेन्द्रकुमार खेतान, शिवरत्न सारडा, मोतिलाल दुगड, साहिल अग्रवाल, ध्रुवकुमार श्रेष्ठ रहेका छन् ।

डा. उपेन्द्र महतो, देविप्रकाश भट्टचन, कैलाश सिरोहिया, रामेश्वर थापा, विनोदराज ज्ञवाली, सुरेन्द्रवीर मालाकार, राजु ढकाल, गोकुल भण्डारी, अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, अम्बिकाप्रसाद पौडेल पनि विभुषित भएका छन् ।

निर्माण व्यवसायी रमेश शर्मा, सञ्जयकुमार खेतान, सौरभ दुगड, देवकृष्ण मुण्दडा र कमलकिशोर मालपानी पनि विभुषित भएको मन्त्रालयले जनाएको छ ।

बैंकरहरुमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल र मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठ छन भने बीमाबाट एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिलबल्लभ पन्त र शिखर इन्स्योरेन्सका सीईओ दिपप्रकाश पाण्डे पनि विभुषित भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार