दुई सांसदलाई पदबाट हटाउन माओवादी केन्द्रको पत्रचार

नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित भएर पार्टी परित्याग गरेका दुई सांसदलाई पदबाट हटाउन लुम्बिनी प्रदेश सरकारलाई पत्रचार गरेको छ ।

माओवादी केन्द्रबाट निर्वाचित सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी (गुल्मी) लाई सांसद पदबाट हटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेश सरकारलाई पत्रचार गरेका हुन् ।

माओवादी केन्द्र परित्याग गरेका सांसद न्यौपाने र पन्थीलाई यसअघि माओवादी केन्द्रले स्पष्टिकरण सोधेको थियो। न्यौंपाने र पन्थीले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीले दुबै जनालाई पदबाट हटाउनका लागि प्रदेश सरकारलाई पत्राचार गरेको हो ।

लुम्बिनी प्रदेशमा कुल ८७ सांसदमध्ये माओवादीको २० सांसद छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार