चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ । नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजले सवा २ बजे खोपलाई काठमाडौं ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । पहिलोपटक एकै खेपमा यति धेरै खोप ल्याइएको हो ।

निगमको वाइडबडी(३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो । सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो ।

यसअघि एक भायलमा दुई डोज मात्र हुन्थ्यो जसले एक खेपमा ८ लाख भायल ल्याउने गरिएको थियो। अहिले चीनले एक भायलमा ५ डोजको खोप उत्पादन गर्छ । जसले गर्दा एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको हो ।

स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए । जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार