गहुँको ठुटोबाट सल्केको आगोबाट ५० बिगाहामा लगाएको बाली जलेर नष्ट

शम्भु माली, टिभी अन्नपूर्ण, कपिलवस्तु । गहुँको ठुटामा लगाएको आगो सल्केर कपिलवस्तुमा काट्ने बेलाको गहुँ बाली जलेर नष्ट भएको छ । शनिवार भएको आगोबाट कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ४ भैसाहिया, रमवापुर र वडा नं. ६ रगंपुर, कडजहवा चार गाउँको खेतमा लगाएको गहुँ जलेर नष्ट भएको हो । आगलागीबाट करोड बढीको गहुँ क्षति भएको अनुमान गरिएको छ ।

शनिवार दिउँसो सल्केको आगो स्थानीय, सशस्त्र प्रहरी बलमर्यादपुरको इन्चार्ज शङ्कर सिंह सिखको नेतृत्वमा टोली, प्रहरी चौकी मर्यादापुर र दमकलको सहयोगमा धेरै बेरपछि नियन्त्रणमा लिइएको थियो ।

भैसाहिया गाउँको मोहम्मद उमरले आफ्नो खेतको गुहको ठुटामा लगाएको आगो सल्केर ५० बिगाहाभन्दा बढीको गहुँको बाली काटने बेलामा जलेर नष्ट भएको हो । मानिस वा मेशिनले काटेपछि खेतमा रहने डाँठलाई अहिले जलाउने प्रचलन बढ्दै गएको छ । अहिले कृषकहरूले आ– आफ्नो खेतमा रहेका ठुटोलाई धमाधम जलाएर नष्ट गरिरहेका छन् । त्यसलेगर्दा ठुलै आर्थिक नोक्सानी भइरहेको छ । साथै खेतमा भएको उर्वराशक्तिमा क्षीण आउँछ नै अर्कातर्फ आगलागीका घटना बढ्दै गइरहेको विशेषज्ञहरू बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार