बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल

नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा नेपालले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेन ।

दुवै टोलीले गोलका थुप्रै अवसरहरु गुमाएका थिए । नेपालले विपक्षी टोलीको पोष्टमा चारवटा प्रहार गरे पनि गोल गर्नबाट चुक्यो । बंगलादेशविरुद्धको पहिलो खेलमा भने नेपाल २–१ गोलले विजयी बनेको थियो ।

नेपाललले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो । यसअघि २०१९ मा भएको ओलम्पिक छनोटमा नेपालले बंगलादेशसंग १-१ को बराबरी खेलेको थियो । नेपाल र बंगलादेशबीच अहिलेसम्म ८ खेल हुँदा नेपाल अपराजित छ ।

नेपाल भोलि नै प्रतियोगितामा भाग लिन उज्बेकिस्तान प्रस्थान गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार