रोनाल्डोको दुई गोलमा म्यान्चेस्टर युनाईटेड विजयी

क्रिश्चियानो रोनाल्डोले म्यान्चेस्टर युनाईटेडको पुनरागमनमा दुई गोल गर्दा न्युकासल युनाईटेड ४–१ ले पराजित भएको छ ।

१२ वर्षपछि म्यान्चेस्टर युनाईटेड फर्किएका रोनाल्डोले टोलीलाई नयाँ जोश र आशा थपिदिएका छन् । गएराती आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टरका लागि रोनाल्डोको दुई गोल गर्दा ब्रुनो फर्नान्डेज र जेस्सी लिंगार्डले एक एक गोल गरे ।

न्युकासलका हेभियर म्यान्कीलोले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हराउँदा चेल्सीले एस्टन भिल्लामाथि ३–० को जित निकाल्यो ।

गएराति आर्सनलले नरिच सिटीलाई १–० ले हराउँदा क्रिष्टल प्यालेसले टोटनह्याम हट्सपरलाई ३–० ले पाखा लगायो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार