प्रधानमन्त्रीले बालुवाटारबाट एकसाथ एक सय ६५ सडक शुभारम्भ गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) १ सय ६५ वटा सडक निर्माणको संयुक्त शुभारम्भ गर्दैछन् । १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे स्वीच थिचेर शुभारम्भ गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गर्न लागिएको हो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने छ’, थापाले भने ।

यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार