ओली फाँसीवादी बाटोमा हिँडिरहेको प्रचण्डको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी बाटोमा हिँडिरहेको आरोप लगाएका छन् । प्रो.माणिकलाल श्रेष्ठको श्रद्दाञ्जली कार्यक्रममा शुक्रबार बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटो फाँसीवादी बाटो भएको बताएका हुन् । उनले मूल्य मान्यताले बनाएका नियमहरुलाई उलंघन गर्दै समाजलाई निरङकुशतातर्फ प्रधानमन्त्री ओलीले धकेल्न खोजेको बतए । अध्यक्ष प्रचण्डले फाँसीवादी बाटोको उदाहरण संसद विघटन भएको तर्क गरेका छन् ।

संवैधानिक निकाय र सबैतिर सेटिङले मात्रै चल्ने वातावरण बनाउनु राम्रो संकेत नभएको उल्लेख गर्दै गलत प्रवृत्तिको अन्त गर्न एकजुट भएर आन्दोलनमा जानसक्नुपर्ने तर्क गरे । अध्यक्ष प्रचण्डले अहिले भइरहेका क्रियाकलापको विरोध गर्न नसके माणिक लालश्रेष्ठप्रति सच्चा श्रद्धाञ्जली हुन नसक्ने बताएका छन् ।

लामो समय निरंकुशताले मधेसी, महिला, आदिवासीलाई गरेको विभेद हटाउन आफूहरुले लामो युद्ध लडेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले विभिन्‍न आन्दोलनले स्थापित मुद्धाहरु र शहिदको रगतलाई खेर जान नदिने जिकिर गरे । उनले विकासको नाममा जनतामाथि दमन गर्न नपाईने बताए । बाम बुद्धिजीवी तथा नेपालभाषाका समालोचक प्रा. माणिकलाल श्रेष्ठको मेडिसिटी अस्पतालमा गत मंगलवार ८९ वर्षको उमेरमा मृत्यु भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार