सङ्खुवासभामा गाडी पल्टियो, १५ यात्रु घाइते

सङ्खुवासभा गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना भएको हो ।

बस बीस मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको सशस्त्र प्रहरी बल सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार