काँग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिने गगन थापाको घोषणा

नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
सोमबार काठमाडौँमा काँग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आफ्नो दावेदारीका आधार आफ्ना अग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको उनले बताए । थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाउँबाट उम्मेदवारी घोषणा गरेको बताएका छन्  ।
थापाले पार्टीभित्रको प्रतिस्पर्धामा सहयोग गर्न आग्रह गर्दै आफूले गर्न सक्ने काम गर्ने प्रतिवद्धता जनाए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार