झापाबाट जिल्ला सभापतिमा नेताद्वयको उम्मेदवारी

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा झापाबाट जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।

जिल्लाबाट १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव थापाले जानकारी दिए । उनले दुई नेताले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको बताए ।

“हामी वडादेखि नगर, जिल्ला र प्रदेश तहसम्म नै सहमति र सहकार्यमा नेतृत्व चयन गर्छौँ । यसको मुख्य आधार भनेको पार्टीको सङ्गठन बलियो बनाउन गरेको निष्ठा, त्याग र समर्पण हो”, उनले भने, “त्यो सम्भव नभए मात्र प्रतिस्पर्धा हुन्छ ।” जिल्ला सभापतिमा दुई कार्यकाल पूरा गरेका उनले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार