माधव नेपाल प्रतिक्रियावादीसँग मिलेर महासागरको जस्तो पार्टीलाई ध्वस्त पार्न तिर लागे: ओली

'एक दुई पात खस्दैमा रुखलाई केही फरक पर्दैन'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले सूर्य चिन्हलाई धक्का दिएको आरोप लगाएका छन् । शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा उनले सूर्य चिन्हलाई धक्का दिएर हसिंया हतौडालाई साथ दिएको बताए ।

ओलीले भने, ‘महासागरको जस्तो पार्टीलाई छोडेर प्रतिक्रियावादीसँग मिलेर पार्टीलाई ध्वस्त पार्न माधव कमरेड लाग्नुभयो ।’ उनले सम्झाउन बुझाउन खोज्दा पनि थाकिसकेको बताए । ओलीले भने, ‘मैले सम्झाउँदा दुनियाँ सम्झिन्छ। माधव कमरेड सम्झिनुभएन ।’

उनले नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने धारणा राखे । ओलीले नेपाललाई संकेत गर्दै एक दुई वटा पात खस्दैमा रुखले पीर मानेर नबस्ने धारणा राखे । उनले भने, ‘नयाँ नयाँ पालुवाहरु पलाउँदैछन् । हाँगा उचाइतिर लाग्दैछन् ।’

ओलीले परमादेशबाट सरकार बनाउँदैमा क्रान्ति गरेको भ्रममा सत्तारुढ गठबन्धनका नेता परेको टिप्पणी गरे । उनले नेकपा एमालेले देशको दिशानिर्देश गर्ने पार्टी भएको बताए । उनले जनादेशबाट आफ्नो सरकार नहटेको भन्दै जालझेलबाट हटाइएको दाबी गरे । उनले विचार नै नभएको पार्टी सरकारमा रहेको भन्दै चुनाबबाट देखाउनुपर्ने बताए । उनले भने, ‘एमालेबाट चुनावमा जो उठ्छ उसले जित्नुपर्छ । मेयर उपमेयर को उठ्छ थाहा छैन तर, जो उठेपनि एमालेले जित्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार