नेपाललाई साथ नदिएका एमाले नेताहरू ओलीसँग वार्ता गर्न बालकोटमा

नयाँ पार्टी गठन गर्दा माधव नेपाललाई साथ नदिएका नेकपा एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन् । १० बुँदे सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिएका एमालेका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका नेताहरु बालकोट पुगेका हुन् ।

लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका उनीहरुले भोलि निर्वाचन आयोगमा माधवकुमार नेपाल समूहको नयाँ पार्टीका नेताहरुले सनाखत गर्नुअघि नै २७ असारमा भएको १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न माग गरेका छन् ।

उनीहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरेको काबाही फिर्ता गर्न माग गरेका छन् भने पार्टी गठनको निर्णयबाट पछि हट्न नेपाललाई आग्रह गरेका छन् ।

बुधबार नेपालसहित नयाँ पार्टीमा बस्न चाहने नेतालाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार