पोखराको महेन्द्रपुल नजिकको सडक भासियो

पोखराको महेन्द्रपुलमा सडक भासिएको छ । महेन्द्रपुलस्थित सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको हो ।

भ्वाङमा एउटा बिजुलीको पोल पनि परेको छ । पानी परिरहेका बेला जमिन भासिएको हो ।

आइतबार राति सडक भासिएपछि महेन्द्रपुल क्षेत्रका मानिस त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पानीको भल त्यही भासिएको ठाउँबाट छिर्दा जोखिम बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार