भदौ ७ र १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले भदौ १४ गते पर्ने कृष्ण जन्माष्टमी पर्वमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

यस्तै बैठकले भदौ ७ गते गाईजात्राको अवसरमा पनि देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले काठमाडौं तराई मधेश द्रुत मार्गको सहायक संरचना निर्माण गर्न मकवानपुरका कालभैरव र गौरी शंकर वन क्षेत्रमा परेको ५.२२ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न अनुमति दिने र त्यहाँ रहेका रुट हटाउन स्वीकृति दिएको निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार