प्रचण्डको निवेदनमाथि सर्वोच्चले आज टुंगो लगाउँदै

नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदनमाथि निस्सा दिने वा नदिनेबारे आज सर्वोच्च अदालतले निर्णय गर्दैछ । सर्वोच्चले निस्सा प्रदान गरेमा यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्दै पुरानै अवस्थामा फर्काउने फैसला गरेका थिए । सोही फैसलाविरुद्द प्रचण्डले गत मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए । निवेदनअनुसार आज सर्वोच्चले मुद्दा अगाडि बढाउने नबढाउनेबारे टुंगो लगाउनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार