मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ ।

उच्च रक्तचाप लगायतका रोगले ग्रसित उनको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उनका स्वकीय सचिब नरेन्द्र थापाले जानकारी दिए ।

मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस भएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पु-याइएको थियो । यसपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उनी लामो सयमदेखि रक्तचापको औषधि खाइरहेका थिए ।

उनी नेकपा (एमाले)को तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका तीन छोरा र श्रीमती छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार