तनहुँमा जीप दुर्घटना हुँदा ९ जना घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कार्कीडाँडास्थित भित्री कच्ची सडकमा आज दिउँसो भएको जीप दुर्घटनामा ९ जना घाइते भएका छन् ।

हटियाबाट दुलेगौडातर्फ आउँदै गरेको ग२च ४०३४ नम्बरको जीप ब्रेक फेल भई नालीमा पल्टिँदा जीपमा सवार ९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनालाई पोखरा पठाइएको छ भने तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

भिमकाली मोटरमार्ग १० दिन बन्द
तनहुँको भिमाद नगरपालिकाअन्तर्गत भिमकाली मोटरमार्ग १० दिन बन्द हुने भएको छ । उक्त मोटरमार्गको जिदीखोला–वंशान खण्डको शेरा उकालोमा सडक ढलान तथा कटिङ गरी बाटो फराकिलो बनाउन उक्त मोटरमार्ग साउन २० गतेदेखि २९ गतेसम्म बन्द गर्न लागिएको हो ।

बाटो बन्द हुने भएपछि नगरपालिकाले वैकल्पिक मार्गको रूपमा भिमाद जलौदी हुँदै सम्धी मार्गबाट आवतजावत गर्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार