पुनरावलोकनको माग गर्दै सर्वोच्च जाँदै प्रचण्ड

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गर्ने भएको छ ।

कानुन व्यवसायीसमेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले मंगलबार बिहान ११ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू पुनरावलोकनको निवेदन लिएर अदालत जाने जानकारी दिए । यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार