सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न रामचन्द्र पौडेल खुमलटार पुगे

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

नेता पौडेल अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न सोमबार खुमलटार पुगेका हुन्। नेता पौडेलले स्वास्थ्य लाभको शुभकामनासमेत दिएका छन् । पौडेल खुमलटारमा केहीबेर बसेर सीताको स्वास्थ्य अवस्था बुझि फर्किएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि गत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा पनि सीताको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका थिए । सिता दाहल पार्किन्सन् रोगका कारण लामो समयदेखि अस्वस्थ छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार