सकियो धीरज र उपासनाको फिल्म ‘खुस्मा’ को छायांकन

धीरज मगर र उपासना सिंह ठकुरी अभिनित फिल्म ‘खुस्मा’ को छायांकन सकिएको छ । रुकुम र कास्की जिल्लाका विभिन्न स्थानमा दुई चरणमा फिल्मको सुटिङ सकिएको हो ।

पहिलो चरणको सुटिङ मनाङमा अनि दोस्रो चरणको पूर्वी रुकुमका विभिन्न स्थान र कास्कीको पोखरामा गरिएको थियो । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ ।

फिल्मको कथा निर्देशक थापा मगर आफैँले लेखेका हुन् । निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन् ।

यस फिल्ममा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय छ ।

यो फिल्म आगामी असोज ३ गते रिलिज हुने निर्माण पक्षको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार