राजनराज र टीकाको गीतमा वियोगान्त कथा

गायक तथा संगीतकार राजनराज शिवाकोटी र टीका सानुको नयाँ गीत सार्वजनिक भएको छ । ‘फेरि भेट कहिले होला नि…’ बोलको गीत उनले सार्वजनिक गरेका हुन् ।

गीतमा राजनराज र टीका सानुको स्वर छ । गीतमा टीका सानुको शब्दरचना छ भने राजनराजको संगीत छ ।

गीतमा प्रेमिल जोडीको प्रेमकहानी उल्लेख छ । प्रेममा रहेको जोडीले एकले अर्कोलाई आफूले बढी माया गर्नेभन्दै छुट्ने बेलाको क्षणलाई वर्णन गरेको छ ।

गीतको भिडियोमा राजनराज र टीका स्वयंको अभिनय छ । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा एउटा विद्यालयबाट सरुवा भएर जानेबेला प्रेममा परेका शिक्षक र शिक्षिकाबीचको वियोगान्त क्षणलाई देखाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार