‘फेस अफ एलजिबिटिक्युआईप्लस’ को अडिसन खुला

यौनिक तथा लैङ्गिक अल्पसख्यंक समुदायलाई लक्षित गरि सौन्दर्य प्रतियोगिता प्रतियोगिता ‘फेस अफ एलजिबिटिक्युआईप्लस’ हुने भएको छ ।

यस समुदायको अद्वितीय सौन्दर्य, शक्ति र विविधताको सम्मानमा लुकेका प्रतिभाहरूलाई अवसर दिलाउने उदेश्यसहित यो प्रतियोगिता हुन लागेको हो ।

राज्य मिडिया नेटवर्कको आयोजनामा हुने प्रतियोगिताका लागि वैशाख ११ गतेदेखी आवेदन समेत खुला भइसकेको छ । प्रतियोगितामा भाग लिन चाहनेले ‘फेस अफ एलजिबिटिक्युआईप्लस’ को आधिकारिक फेसबुकपेजमार्फत आवेदन दिन सक्नेछन् ।

आयोजकले प्रतियोगिताले लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्स युवाको प्रतिभा प्रदर्शन गर्ने, व्यक्तित्व अभिव्यक्त गर्ने र अरूलाई प्रेरित गर्ने अवसर प्रदान गर्ने जनाएको छ । साथै प्रतियोगिताका विजेताले पुरस्कारसहित मोडलिङ्ग क्षेत्रमा थप अवसर प्राप्त गर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार