‘नेपाल फेसन फेस्टिभल’ सुरू

आजबाट फेसन नेटवर्क नेपालको आयोजनामा ‘नेपाल फेसन फेस्टिभल’ सुरू भएको छ ।

बिहीबार साँझ एक कार्यक्रमबीच ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतले रिबन काटेर फेस्टिभलको उद्घाटन गरेका हुन् ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेन जेठ १३ गतेसम्म हुने यो फेस्टिभललाई ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण’ भन्ने नाराका साथ आयोजना गरिएको छ ।

उद्घाटन समारोहमा बोलै उप–प्रमुख शाक्यले यो फेस्टिभल आफैंमा उपलब्धिमूलक हुने भन्दै शुभकामना व्यक्त गरिन् ।

मेलामा प्रदर्शकको रुपमा सहभागी ८० भन्दा बढी उद्यमी–व्यवसायीहरुलाई सफलताको शुभकामना दिँदै नेपालमै बसेर केही गर्छु भन्ने हिम्मतका लागि स्यालुट गर्ने शाक्यले बताइन् ।

उद्घाटन समारोहमा तीन दिनसम्म चल्ने फेसन रनवेको समेत उद्घाटन गरिएको थियो ।

उद्घाटन सिक्वेन्सको रुपमा बीआईए फाउण्डेसनका आठ जना व्यक्तिहरुले मोडलको रुपमा ह्विलचेयरमै र्‍याम्पमा उपस्थित भएर फेसन शो प्रस्तुत गरेका थिए । उनीहरुले पालै–पालो र्‍याम्पमा प्रस्तुत हुँदा दर्शकदीर्घाबाट तालीको गडगडाहट बजेको थियो ।

नेपाल फेसन फेस्टिभलमा जेठ ११ देखि १३ गतेसम्म हरेक साँझ ६ बजेदेखि ७ बजेसम्म फेसन रनवे आयोजना गरिँदै छ । जहाँ दुई दर्जनभन्दा बढी मोडलहरुले फेस्टिभलमै आबद्ध भएका बुटिक तथा डिजाइनरले तयार पारेका पहिरनहरु प्रस्तुत गर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार