त्रिभुवन विमानस्थलमा सबै उडान र अवतरण सुचारु

एक घण्टाका लागि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले हाललाई विमानस्थलको सेवा सुचारु भएको जानकारी दिए ।

धावनमार्गमा खाल्डो देखिएको भन्दै यसअघि १ घण्टाका लागि विमानस्थल बन्द गरिए पनि अहिलेलाई समस्याको समाधान भएको उनले बताए ।

उनका अनुसार थाई एयरवेजको जहाज, मलेसिया एयरलाइन्सको जहाज अवतरण गरिसकेको छ भने सिचुवान एयरलाइन्स र एयर चाइनाको जहाजले उडान भरेका छन् ।

‘ठूलो धावनमार्गमा कुनै पनि बेला समस्या आउनसक्छ । अहिले गर्मीको समय छ, पिच तातेको छ’, उनले भने, ‘अहिलेलाई भने समस्या समाधान भएको छ, उडान र अवतरण यथावत् भएका छन् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार