राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शीतल निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा सदनको गतिरोध हटाउने विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । सहकारीको बचत हिनामिना छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलले पनि गृहकारी गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार