राष्ट्रिय अनुसन्धान विभागले माग्यो तीन पदका लागि २५२ कर्मचारी

राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी भर्ना गर्ने तयारी गरेको छ ।

आज (शुक्रबार) सूचना जारी गर्दै विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो ।

विभागले सहायक सूचक पदमा २३४ जना, सुरक्षा गार्डमा १६ जना तथा परिचरमा २ जनाका लागि दरखास्त आह्वान गरिएको जनाएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि एक महिनाभित्र दरखास्त दिन सकिने विभागले जनाएको छ ।

सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने छ । त्यसैगरी सुरक्षागार्ड र परिचरका लागि तोकिएकै स्थानमा पुगेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार