टी-ट्वान्टी र युरो २०२४ लक्षित देशका विभिन्न १५ सहरमा रोड शो गर्दै डिशहोम

२०८१ साल वैशाख २५ गतेबाट सुरु भई रहेको रेडियो अन-व्हील्स रोड–शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा–सुविधाहरूको प्रचार प्रसार गर्ने भएको छ।

यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन्। महिमा पण्डित भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेश लिम्बू प्रस्तोताको भूमिकामा रहने सो कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिनेछन्।

अन्य थप रोमान्चाक गतिविधिहरूसमेत हुने कम्पनीले जनाएको छ। सहभागीहरुले विभिन्न खेलहरुमा सहभागी भई पुरस्कारहरू समेत जित्न सक्नेछन्।

यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुने रेडियो अन व्हिल वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते विराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगञ्ज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भइ समापन हुनेछ।

कार्यक्रमले देशैभर हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ। डिहहोमले आउँदो टी२० र यूरो २०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड–शो गरेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार