सहकारीका कर्मचारीले बैंकबाट निकालेर हिँडेको ८० लाख रुपैयाँ हतियार देखाएर लुटपाट

धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटपाट भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौनामा सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोको साथबाट रकम लुटपाट भएको प्रहरीले जनाएको छ । महतोले झोलामा उक्त रकम राखेका थिए ।

महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् । महतोले हिमालयन बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा पेस्तोल देखाएर लुटपाट भएको बताएका छन् ।

महतोलाई मोटरसाइकलमा आएका दुई जनाले हतियार देखाएर लुटपाट गरेको प्रहरीलाई बताएका छन् । धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले यस घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार