रफाह शहरमा आक्रमण हुने इजरायलका प्रधानमन्त्रीको भनाई

इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहुले हमाससँग सहमति भए वा नभएपनि दक्षिणी गाजास्थित शहर रफाहमा आक्रमण गरिने जनाएका छन् ।

हमास र इजरायलबीच युद्धविराम र बन्धकको रिहाइको प्रसंगलाई लिएर सहमतिको प्रयास भइरहेको बेलामा इजरायलका प्रधानमन्त्रीले यस्तो कुरा बताएका हुन् । बन्धकका आफन्तसँगको एक बैठकका क्रममा उनले त्यस्तो कुरा गरेको बताइएको छ ।

उनको भनाई आउनासाथै अमेरिकाले रफाहमा सर्वसाधारण जनता जोगिने अवस्था नरहेसम्म आक्रमण नगर्न चेतावनी दिएको छ । आइतबार न्यातान्याहुसँगको फोन संवादका क्रममा समेत अमेरिकी राष्ट्रपति जो वाइडेनले सो कुरा सम्झाएका थिए ।

मंगलबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले पनि रफाहमा आक्रमण हुन नदिन इजरायलमा प्रभाव भएका सबैले उसलाई रोक्नुपर्ने आग्रह गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार