बायर्नविरुद्ध रियलको रोमाञ्चक बराबरी

च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र बायर्न म्युनिखले बराबरी खेलेका छन् ।

मंगलबार राति बायर्नको घरेलु मैदान आलियान्ज एरिनामा भएको सेमिफाइनलको पहिलो लेग २–२ को बराबरीमा सकिएको हो ।

भिनिसियस जुनियरको दुई गोल मद्दतमा रियल हारबाट जोगिएको हो । पहिलो हाफको २४ औँ मिनेटमा भिनिसियस जुनियरको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको बायर्नले दोस्रो हाफमा दुई गोल फर्काउँदै खेलमा अग्रता बनाएको थियो । तर खेलको अन्तिम समयमा गोल फर्काउँदै रियलले खेललाई बराबरीमा पुर्‍याएको थियो ।

खेलको ५३ औँ मिनेटमा लिरोए सानेको गोलमा बायर्न खेलमा फर्किएको थियो । ५७ औँ मिनेटमा बायर्नले पेनाल्टी अवसर पायो । जुन अवसरलाई ह्यारी केनले खेर जान दिएनन् । रियलका लुकास भास्केजले बायर्नका जमाल मुसायालामाथि खराब फाउल गरेपछि बायर्नले पेनाल्टी मौका पाएको थियो ।

तर खेलको ८३ औँ मिनेटमा भिनिसियसले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । डिफेन्डर किम मिन जेले रोड्रिगोमाथि खराब फाउल गरेपछि रियलले पेनाल्टी मौका पायो ।

दोस्रो लेग रियलको घरेलु मैदानमा मंगलबार राति हुनेछ । बुधबार राति दोस्रो सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन ९पिएसजी० र बोरुसिया डर्टमुन्ड खेल्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार