आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा लखनउले ६ खेलमा ३ जित र ३ हार बेहोरेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्सले ६ खेलमा ४ जित र २ हार बेहोरेको छ भने ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो । लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दीपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।

त्यस्तै यसै सिजनमा डेभ्यु गरेका लखनउका तिब्र गतिका बलर मयंक यादव भने यो खेलमा उपलब्ध हुने छैनन् । उनी इन्जुरीका कारण उनी खेलमा फर्किने बारे स्पष्ट भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार