राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्यलाई मनोनीत गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार बिहीबार राष्ट्रपति पौडेलले शाक्यलाई मनोनीत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसअनुसार शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार