गोरखाको उत्तरी भेग पुगे अमेरिकी राजदूत डीन थम्सन

नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्प्सनले उत्तरी गोरखाको धार्चे साम्दो सामागाउँ मनास्लु हिमशिखरको निरीक्षण भ्रमण गरेका छन् ।

गोरखा–१ का प्रत्यक्ष निर्वाचित सांसद तथा कांग्रेस नेता राजेन्द्र बजगाईंपनि राजदूत थम्प्सनसँगै भ्रमणमा थिए । सो क्रममा आफूहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र बारपाक पनि पुगेको सांसद बजगाईंले जनाएका छन् ।

भ्रमणको क्रममा मनास्लु हिमालवरपर जलवायु परिवर्तनबाट स्थानीय जनजीवनमा परेको असर र पर्यटनका विकासका सम्भावनाहरूबारे स्थानीसँग अन्तरक्रिया गरिने पनि उनले जनाएका छन् । भ्रमण दलमा अमेरिकी दूतावासमा राजनीतिक विभागमा कार्यरत रोजी कट्टेलपनि छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार