कोरम नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित

संघीय संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । आज बिहान साढे १० बजे बस्ने भनिएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । 

बैठकमा नेपाल सरकार (मन्त्रीस्तर)बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीको विवरणमा छलफल हुने कार्यसूची थियो । 

बैठकमा वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरूको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्ष)का बारेमा छलफल हुने कार्यसूची रहेको थियो । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार