‘खजुरे ब्रो’को टिजर सार्वजनिक

चलचित्र ‘खजुरे ब्रो’को टिजर रिलिज गरिएको छ । सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’को टिजरमा सम्बन्धसँगै माया प्रेमको दृश्य र खजुरेको संघर्षलाई देखाउने प्रयास गरिएको छ ।

वैशाख २८ गते रिलिज हुने चलचित्रले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा भन्ने निर्माण पक्षले जनाएको छ ।

टिजरमा चलचित्रका मुख्य कलाकार रेअर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धरलाई विशेष स्थान दिइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार