एक लाख ५० हजार घुससहित पोखरा महानगरपालिकाका सब-इन्जिनियर पक्राउ (भिडियो)

सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको आरोपमा पोखरा महानगरपालिकाको नगर कार्यापालिका कार्यालयमा कार्यरत सब(इन्जिनियरसहित दुई जना पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखराबाट खटिएको टोलीले सब-इन्जिनियर उषाकिरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई मंगलबार पक्राउ गरेको हो ।

घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको पोखराबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

यस विषयमा टिभी अन्नपूर्णका संचारकर्मी राजु सुवेदीलाई सेवाग्राहीले जानकारी गराएको र सुवेदीको सल्लाह बमोजिम सेवाग्राहीले निवेदन दिएका थिए । मंगलबार सुवेदीकै पहलमा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त टोलीले इन्जिनियर रोकायलाई पोखरा महानगरपालिका-५ बाट र कन्सल्टेन्सीका कुँवरलाई पोखरा महानगरपालिका-८ बाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए । पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार