खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्च अदालतले दीर्घकालीन प्रकृतिका निर्णय नगर्न आदेश दिएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको हो ।

सरकारविहीनताको अवस्थामा राख्न नहुने भएकाले मात्र वर्तमान सरकारलाई निरन्तरता दिनुपरेको सर्वोच्चले जनाएको छ ।

सभामुखसमेतको हस्ताक्षर देखाएर बहुमत दाबी गरिएको भन्दै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च पुगेका हुन् । पाण्डेले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु अवैधानिक भएकाले आफैलाई मुख्यमन्त्रीमा निरन्तरताका लागि अन्तरिम आदेश माग गरेका थिए ।

बहुमत प्रदर्शन गर्न असमर्थ हुँदाहुँदै पनि अमुक व्यक्तिलाई मुख्यमन्त्रीको कुर्सीमा बसाउने प्रदेश प्रमुखले अवैधानिक निर्णय गरेको उनको दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार