राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी सांसद विमला घिमिरे निर्वाचित

नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी छन् । बुधबारको राष्ट्रियसभा बैठकमा भएको मतविभाजनबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो । पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो ।

यसअघि नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा दिएपछि सो पद रिक्त थियो ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएअनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष बनेका थिए । राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएर एमालेकी विमला घिमिरेलाई अघि सारिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार