काठमाडौँ उपत्यका वायु प्रदूषणको सूचीमा विश्वकै पहिलो नम्बरमा

काठमाडौँ उपत्यकाको वायु आज (बुधबार) अति अस्वस्थकर भएको छ ।

विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरले आज विश्वका वायु प्रदूषित सहरको सूचीमा काठमाडौँ उपत्यकालाई पहिलो नम्बरमा राखेको छ ।

सिंगापुरले रियल टाइममा वायुको गुणस्तर मापन गर्ने गर्छ । जसअनुसार नेपालको एक्युआइ २४१ रहेको छ । जुन निकै घातक हो ।

एक्युआइ अनुसार सय अंकभन्दा माथिलाई घातक प्रदूषित हावा मानिन्छ ।

बुधबार बिहान ९ः०१ बजेको तथ्यांकअनुसार भारतको नयाँ दिल्लीको एक्युआइ इन्डेक्स २०३ रहेको छ ।

तेस्रो नम्बरमा रहेको पाकिस्थानको प्रदूषणको अवस्था १९८ छ । चौथो नम्बरमा रहेको १८३ छ ।

एक्युआइअनुसार ललितपुरको खुमलटार क्षेत्रको हावा निकै विषाक्त देखिएको छ। बुधबार बिहान मापन गरिएको सूचांकअनुसार त्यहाँको एक्युआइ २३६.९७ छ। काठमाडौंको रत्नपार्क क्षेत्रको वायु प्रदूषणको अवस्था १९८.८७, कीर्तिपुर क्षेत्रको १८५.८२, भक्तपुरको एक्युआइ १८४.२१ छ ।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार