सलाम नगरेको भन्दै सिंहदरबारभित्रै हवल्दारले गरे जवानलाई दुर्व्यवहार

सिंहदरबारभित्रै प्रहरी जवानमाथि सलाम नगरेको भन्दै दुर्व्यवहार भएको छ ।

सिंहदरबार सुरक्षा गणमा कार्यरत् प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले मंगलबार बिहान करिब १० बजे दुर्व्यवहार गरेका हुन् ।

सिंहदरबार प्रहरी सुरक्षा गणमा खटिएका जवान सिंह प्रहरी उपरीक्षक सन्तोष तामाङका अंगरक्षक पनि हुन् । वरिष्ठ हवल्दार भण्डारी भने अर्थमन्त्री वर्षमान पुनका सुरक्षामा खटिन्छन् ।

जवान सिंहमाथि भण्डारीले हातपात गरेको प्रहरी स्रोतले जनाएको छ । यस विषयमा जवान सिंहले लिखित रूपमा उजुरी दिने तयारी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार