राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला र कांग्रेसबाट विष्णुदेवीको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।

आज बिहान कांग्रेस संसदीय कार्यसमितिको बैठकले पुडासैनीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

निर्वाचन यही चैत २८ गते अर्थात भोलि हुँदैछ । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष खाली छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार