नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, एमडीसहित दुई जना पक्राउ

वीरगञ्ज- वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा आज दिउसो पर्सा प्रहरीले छापा मारेको छ । कलेजको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।

म्याद गुज्रिएको केमिकल ल्याबबाट बरामद भएपछि कलेजका एमडीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ल्याबबाट म्याद गुज्रिएको केमिकल भएको अनुगमनको क्रममा भेटिएपछि कलेजका एमडी सदनवाज हुसेन र ल्याबका डाक्टर संजय साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी केशर कुमार न्यौपानेले जानकारी दिए ।

कलेजको ल्याबबाट म्याद गुज्रिएको केमिकल संकलन गरी ल्याउने कार्य भइरहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार