अब एक घण्टाभित्रै श्रम स्वीकृति हुन्छः श्रम मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।

वैदेशिक रोजगार कार्यालयमा आइतबार भएको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृति एक घण्टाभित्रै स्वीकृत हुने बताए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेस गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सक्ने प्रणाली विकास भएको उनको भनाइ छ ।

उनले पहिलो पटक यो प्रयास सुरूवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए । ‘वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्था थियो,’ उनले भने, ‘आजदेखि यो कुराको अन्त्य भएको छ ।’

आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउने अर्यालले दाबीसमेत गरे ।

अनलाइनबाट सही तरिकाले कागजात पेस गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्न सक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिन सक्ने सकिने अवस्था रहेको उनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार