जीबी राईलाई कारबाही गराउन सूर्यदर्शन सहकारी पीडितले गुहारे अ‍ोली

पोखरामा रहेको सूर्यदर्शन सहकारी संस्थाका पीडितले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको बचत फिर्ता हुने वातावरण मिलाईदिन गुहार मागेका छन् ।

एमाले कास्कीको ११औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण तथा स्याङ्जा जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्न पुगेका ओलीलाई शुक्रबार सहकारीपीडितहरूले भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बझाउँदै सूर्यदर्शन बचत पीडित संघर्ष समितिले जीबी राईको विषयमा सिंगो राज्य र प्रहरी निकम्मा भएको बताएको छ । पीडितहरुले सहकारीको समस्या समाधान गर्न राज्यबाट ठोस नीति, नियम र ऐन, कानून बनाइ सहकारी पीडितको बचत फिर्ता गर्न लगाई न्याय दिन आग्रह गरेका छन् ।

‘सुर्यदर्शन सहकारी का संचालक जिबि राई भन्ने ब्यक्तिको बिषयमा सिङ्गो राज्य सरकार, प्रहरी प्रसासन निक्ममा बनिरहेको अबस्था छ’ उनीहरुले भनेका छन् ‘होईन भने तपाईको सम्पुर्ण राजनितिक जिबनको अनुभव को आधारमा, तपाईले चलाएका सत्ता र शासनको आधारमा भन्नु पर्दा के हामी पिडीतले न्याय पाउनु पर्ने होईन र ?’

यसअघि गत चैत ४ गते सूर्यदर्शन पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर ज्ञापन पत्र बुझाएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार