सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिए १० दिन

सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका हुन् । बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएसँगै प्रदेश प्रमुख मियाँले आगामी वैशाख २ गते बेलुका ५ बजेसम्मको समय दिएर शुक्रबार सरकार गठनका लागि आह्वान गरेका हुन् ।

कांग्रेसबाट शाह २०७९ माघ २६ गते मुख्यमन्त्री बनेका थिए। उनले १४ महिनासम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरे ।

तर प्रदेशको सबैभन्दा ठूलो दलले बहुमत गुमाउन पुग्दा शाहले विश्वासको मत नलिई बिहीबार पदबाट राजीनामा दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार