गृहमन्त्रीको निर्देशनपछि काठमाडौंमा खटिएका १०८ जना घुमुवा प्रहरी हटाइयो

नेपाल प्रहरीले काठमाडौं उपत्यकामा खटिएका एक सय आठ घुमुवा प्रहरी हटाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका प्रहरी हटाउन परिपत्र गरेका थिए ।

उनको निर्देशन बमोजिम काठमााडौंमा खटिएका एक सय आठ जना प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको छ ।

तीन वटै परिसर, वृत्तहरू, ट्राफिक, विमानस्थल प्रहरी गरी १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी अवदेश विष्टले बताए ।

उनीहरु यसअघि सूचना संकलनका लागि सादा पोशाकमा घुमुवाको रुपमा खटिँदै आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार