व्यवसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्धामा अदालतको सफाई

चितवन । व्यवसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले सफाइ दिएको छ । बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलासले दाबी नपुगेको भन्दै सफाइ दिएको हो । चितवनका पोल्ट्री व्यवसायी शङ्कर प्रसाद कँडेलको मृत्यु प्रकरणमा व्यवसायी रुङटामाथि आत्महत्या दुरुत्साहनको मुद्दा लागेको थियो ।

व्यवसायी कँडेल गत बैशाख २० गते भरतपुरको बेलचोकस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए । घटनास्थलमा फेला परेको सुसाइड नोटमा आफ्नो व्यवसायमा जोडिएका दुई जनाको नाम उल्लेख थियो । सोही आधारमा प्रहरीले व्यवसायी रुङटा र जीवन बहादुर रावलमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार