कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न आदेश जारी गरेको छ ।

मनाङबाट निर्वाचित सांसद गुरुङले सभामुख, संघीय संसद् सचिवालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विपक्षी बनाएर गत फागुन ११ मा रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीशद्वय डा.मनोजकुरमा शर्मा र विनोद शर्माको संयुक्त इजलसले गुरुङको रिट जारी गरेको हो । आदेशसँगै सांसद गुरुङको निलम्बन फुकुवा भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार